ad ad

समाज


इलाममा सशस्त्र प्रहरीका थप १७ मा कोरोना संक्रमण पुष्टि

इलाममा सशस्त्र प्रहरीका थप १७ मा कोरोना संक्रमण पुष्टि

नेपालखबर
साउन १७, २०७७ शनिबार १३:३३,

इलाममा सशस्त्र प्रहरीका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

४० सशस्त्र प्रहरीको स्वाब संकलन गरी पठाइएकामध्ये झण्डै आधामा कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य कार्यालय इलामका प्रमुख वृजकुमार दासका अनुसार यही साउन १३ गते उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो।

यसअघि १० सशस्त्र प्रहरीमा नै कोरोना संक्रमण पुष्टि भइसकेको छ। हालसम्मका सशस्त्र प्रहरीका २७ जनामा संक्रमण पुष्टि भइसकेको छ। इलाम नगरपालिकाका ८९ जनाको स्वाब सङ्कलन गरेर पठाइएको छ । जिल्लाभरिमा १६० को रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका कोरोना फोकल व्यक्ति विमल बरालले बताए।

बाँकी सशस्त्र प्रहरीको स्वाब संकलनको तयारी भइरहेको बताइएको छ। आज पोजेटिभ देखिएका सबैलाई थप उपचारका लागि मोरङस्थित गोठगाउँमा लैजाने तयारी भइरहेको छ। यसअघि संक्रमण फेला परेकाहरुको सोही अस्पतालमा उपचार भइरहेको छ। योसँगै इलाममा कोरोना पुष्टि हुनेको संख्या ५७ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .