ad ad

समाज


मर्स्यांदीमा मिनी ट्रक खस्यो, गोताखोर टोलीद्वारा खोजी हुँदै

मर्स्यांदीमा मिनी ट्रक खस्यो, गोताखोर टोलीद्वारा खोजी हुँदै

नेपालखबर
भदौ १७, २०७७ बुधबार ७:३५,

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐना पहरा नजिकबाट बुधबार बिहान मर्स्यांदी नदीमा खसेको मिनी ट्रकको खोजी सुरु गरिएको छ।

सशस्त्र प्रहरी टोलीले नदीमा खसेको मिनीट्रकको खोजी शुरु गरेको हो।

 जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेलले पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको उक्त ट्रक सडकको डिभाइडर भाँचेर नदीमा खसेको जानकारी दिए।

‘सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी शुरु गरिसकेको छ, केही बेरमा थप विवरण आउँछ’, उनले भने। प्रहरी उपरीक्षक पौडेलका अनुसार सीसीटीभी फुटेजमा बिहानको दृश्य हेर्दा पोखराबाट आउँदै गरेको मिनी ट्रक बाटामा देखिएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .