ad ad

समाज


कोरोनाबाट ७० वर्षीय वृद्धको मृत्यु, गण्डकीमा यस्ताे छ काेराेना अपडेट

कोरोनाबाट ७० वर्षीय वृद्धको मृत्यु, गण्डकीमा यस्ताे छ काेराेना अपडेट

वाशुदेव मिश्र
भदौ ३०, २०७७ मंगलबार १३:७,

कोभिड–१९ को संक्रमणबाट पोखरामा एक ७० वर्षीय वृद्धको मृत्यु भएको छ। पोखरा–९,नयाँबजारका ती वृद्धको सोमबार राति मणिपाल अस्पतालमा निधन भएको हो। उनी क्यान्सरका बिरामी थिए। उनी भदौ २५ गते मणिपाल भर्ना भएका थिए।

नियमित उपचार गराउँदै आएका उनको स्वाब परीक्षण गरिँदा कोरोना पुष्टि भएको थियो। स्रोतका अनुसार कोरोना पुष्टि भएपछि मणिपाल अस्पतालले ती वृद्धलाई पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड आइसोलेसन कक्षमा लैजान अनुरोध गरेको थियो तर, त्यो प्रस्ताव अस्वीकृत भएपछि अस्पतालले उनलाई छुट्टै आइसोलेसनमा राखेर उपचार गर्दै आएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरको उपचार हुँदैन।

‘अरु बेला आफ्नै अस्पतालमा राखेर उपचार गराउने, शुल्क पनि लिने अनि संकटको बेला अन्यत्र पठाउने कुरा हुँदैन, क्यान्सर जिते पो कोरोना पनि जितिन्छ’, पोखरा महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले मणिपालसँग भएको संवाद सुनाउँदै भने, ‘मैले पहिला क्यान्सरको उपचार गर्नुहोस्, बाँकी गण्डकी अस्पतालसँग पनि समन्वय गर्न सकिन्छ भनेको थिएँ।’

मंगलबार गोरखा बारपाकको सुलिकोट–८, की ६३ वर्षीया महिला सोमबार काठमाडौंको वीरेन्द्र अस्पताल छाउनीमा कोरोनाकै कारण मृत्यु भएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको थियो। उनमा पनि भदौ २५ गते कोरोना पुष्टि भएको र उनी क्यान्सरसँग जुधिरहेको प्रतिष्ठानको भनाई छ। हालसम्म गण्डकी प्रदेशमा कोरोनाबाट ३१ जनाको मृत्यु भइसकेको छ।

मंगलबार मात्रै गण्डकीमा थप ५२ जनामा कोरोना संक्रमण देखिएको छ। मंगलबार नवलपरासीमा २०, स्याङ्जामा १३ कास्कीमा ५, तनहुँमा ९, लमजुङमा १, गोरखामा ३ र मनाङका १ जनामा संक्रमण देखिएको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाए। पछिल्लो २४ घण्टामा गण्डकीमा ७१८ जनाको स्वाब परीक्षण गरिएको थियो।

मंगलबार निको भएकाको संख्या ७ जना रहेको छ। कास्कीमा ४०३,नवलपरासीमा २९६,लमजुङमा १७७,गोरखामा ८३,तनहुँमा ११७,स्याङ्जामा ६४, पर्वतमा ९,बागलुङमा ४१,म्याग्दीमा १ र मनाङमा ३ जनासहित ११८३ जना अहिले पनि कोरोनासँग लडिरहेका छन्।

गण्डकीमा हाल ५६१ जना क्वारेण्टिनमा छन्। गण्डकीमा ५० हजार ५९ जनाको स्वाब परीक्षण गरिँदा ३११६ जनामा संक्रमण देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .