ad ad

समाज


पाेखरामा एकैचोटी ४० प्रहरीमा कोरोना संक्रमण

पाेखरामा एकैचोटी ४० प्रहरीमा कोरोना संक्रमण

वाशुदेव मिश्र
असोज १, २०७७ बिहिबार १४:८,

गण्डकी प्रदेशमा बिहीबार थप १०२ जनामा कोरोना संक्रमण देखिएको छ। संक्रमितमध्ये अधिकांश पोखरामा रहेका छन्।

गण्डकी स्वास्थ्य निर्देशनालयले बिहीबार साँझ जारी गरेको सूचना अनुसार संक्रमित ७४ जनामध्ये ४० जना त प्रहरी रहेका छन्।

पोखरा–१५, मा रहेको प्रहरी व्यारेकमा कोरोना सल्कँदा एकैपल्ट ४० जनामा संक्रमण देखिएको हो। तीमध्ये १ जना महिला प्रहरी रहेको गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोदविन्दु शर्माले जनाए।

बिहीबार नवलपरासीका १२, बागलुङका ४, तनहुँका ५, लमजुङका ५ र गोरखाका २ जनामा पनि संक्रमण देखिएको छ। गण्डकीमा हालसम्म संक्रमितको संख्या ३२८० पुगेको छ।

संक्रमणबाट गण्डकीमा ३१ जनाको मृत्यु भएको छ। १२७४ जना अहिले पनि कोरोनासँग जुधिरहेका छन्। घरमै आइसोलेसनमा बस्नेको संख्या १९७ छ भने ६ जना संक्रमितहरु पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसीयू कक्षमा उपचाररत छन्।

यहाँका ६५ जना स्वास्थ्यकर्मी पनि संक्रमित भएको र उनीहरुले स्वास्थ्यलाभ लिइरहेको प्रदेश स्वास्थ्य निर्देशनालयको भनाई छ। गण्डकीमा अहिले ५६१ जना क्वारेन्टिनमा छन्।

गण्डकीमा आइसीयू बेडको संख्या १७५ र भेण्टिलेटरको संख्या ५७ रहेको छ। गम्भीर प्रकृतिको संक्रमण देखिएमा पनि गण्डकी प्रदेश उपचारको लागि सक्षम भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .