ad ad

समाज


कोरोना संक्रमित भई वीर अस्पतालमा मृत्यु भएका कैदीको पोष्टमार्टम गरिने

कोरोना संक्रमित भई वीर अस्पतालमा मृत्यु भएका कैदीको पोष्टमार्टम गरिने

नेपालखबर
असोज ७, २०७७ बुधबार ११:०,

कोरोना संक्रमित भई गत शनिबार वीर अस्पतालमा मृत्यु भएका एक कैदीको शव पोष्टमार्टम गरिने भएको छ।

उनको अंग निकालिएको भन्ने चर्चा भएकोमा सो कुरा भ्रामक भएको सम्बन्धित अधिकारीहरुले बताएका छन्।

वीर अस्पताल र कारागार व्यवस्थापन विभागले बुधबार गृह मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गर्दै उनको उपचारकै क्रममा ज्यान गएको बताएका हुन्।

शनिबार मृत्यु भएका रुपन्देही जिल्लाका ६३ वर्षीय रामलखन जैसवालको शव सडेगलेकोले अंगहरुको रुप परिर्वतन भएको अस्पतालले भनाइ छ।

उनलाई कारागारभित्रै रहेको अस्पतालमा उपचार गराइएको र शनिबार राति वीरमा लगिएको कारागारले भिडियो समेत सार्वजनिक गरेको छ।

मृत्युपछि गरिएको परीक्षणमा उनलाई सोमबार साँझ कोरोना परीक्षण पुष्टि भएको थियो।

यसअघि कोरोना संक्रमणबाट ज्यान गुमाएकाको पोष्टमार्टम नगरिने गरेकाे भएपनि जैसवालको शव भने पोष्टमार्टम गरिने भएको छ।

कारागारमा नै हत्या गरिएको आफन्तले आरोप लगाइरहेकाले उनको शव पोष्टमार्टम गर्नैपर्ने अवस्था भएको अस्पताल र कारागार प्रशासनले जनाएको छ।

आफन्तले घाँटी काटिएको, आँखा निकालिएको र शरीरमा समेत निलडाम देखिएको आरोप लगाएका छन्।

तर कारागार र वीर अस्पतालका डाक्टरले भने शव सड्दै गएकाले यस्तो देखिएको बताएका छन्।

शवलाई उपयुक्त रेफ्रिजेरेटमा नराख्दा यस्तो हुने स्वास्थ्यकर्मीले प्रस्ट्याएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .