ad ad

समाज


जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जबरजस्ती करणी मुद्धाका फरार अभियुक्त १८ वर्षपछि पक्राउ

नेपालखबर
असोज १५, २०७७ बिहिबार २:३,

कञ्चनपुर प्रहरीले जबरजस्ती करणी मुद्धामा एक फरार अभियुक्तलाई १८ वर्ष पछि पक्राउ गरेको छ।

जबरजस्ती करणी मुद्धामा फरार पुनर्वास नगरपालिका-३ का ३७ वर्षीय जोगी धामीलाई प्रहरीले १८ वर्ष पछि नियन्त्रणमा लिएको हो।

२०५९ साल जेठ २५ गते देखि फरार रहेका धामीलाई उनको घरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर थापाले जानकारी दिए।

जिल्ला अदालत कञ्चनपुरले जबरजस्ती करणी मुद्धामा धामीलाई ६ वर्ष कैद सजाय तोकेको थियो । यस्तै जबरजस्ती करणी मुद्धामा नै २०७३ साल साउन २३ गतेदेखि फरार प्रतिवादी पनि नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए।

जिल्लाको बेलौरी नगरपालिका–२ का २७ वर्षी ज्ञान सिंह रानालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको दुवै फरार प्रतिवादीलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .