ad ad

खेल


ब्राइटनमाथि सहज जित निकाल्दै यूनाइटेड क्वार्टरफाइनलमा

ब्राइटनमाथि सहज जित निकाल्दै यूनाइटेड क्वार्टरफाइनलमा

नेपालखबर
असोज १५, २०७७ बिहिबार २:२,

इएफएल कप अन्तर्गत बुधबार राति भएको चौथो चरणको खेलमा म्यानचेस्टर यूनाइटेडले ब्राइटनमाथि ३–० को सहज जित हात पार्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

यूनाइटेडको जिटमा स्कट म्याकटोनी, जोउन माटा र पाउल पोग्बाले गोल गरेका थिए। यूनाइटेडले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल थपेको थियो।

४४औं मिनेटमा म्याकटोनीको गोलसँगै अग्रता लिएको यूनाइटेडका लागि ७३ औं मिनेमा गोल गर्दै माटाले दोस्रो गोल गरेका थिए।

यस्तै ८०औं मिनेटमा पोग्बाले फ्रिकिकमार्फत तेस्रो गोल गरे।

चार दिनको अन्तरमा ब्राइटनमाथि यूनाइटेडको यो दोस्रो जित हो। शनिबारमात्रै यूनाइटेडले प्रिमियर लिगमा ब्राइटनलाई पराजित गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .