पोखराको सेती नदीमा खसेर एक जनाको मृत्यु भएको छ।
पोखराको पृथ्वीचोकमा रहेको चाइना पुलबाट शुक्रबार बिहान सवा ९ बजेतिर सेती खोंचमा खसेका अन्दाजी २२ वर्षीय युवाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
पुलको तल मान्छे खसेको खबरपछि प्रहरीले परिचय नखुलेका उनको उद्धार गरेको थियो। तर, अस्पतालले घाइतेलाई बचाउन सकेन।
यता, पोखरा–१९, रैकर सिम्लाथर बस्ने ७० वर्षीय टेकनाथ पौडेल घरभन्दा २ किलोमिटर पर मर्दीखोला दोभानमा मृत अवस्थामा भेटिएका छन्। शुक्रबार बिहान ४ बजेतिर घरबाट निस्केका उनको शव घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया