ad ad

समाज


लिबियामा ७ भारतीय कामदार अपहरणमा परे

लिबियामा ७ भारतीय कामदार अपहरणमा परे

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ०:५३,

लिबियामा सात भारतीय नागरिक अपहरणमा परेका छन्।

भातरीय सञ्चारमाध्यमका अनुसार उनीहरू आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका बासिन्दा हुन्।

उनीहरू कन्ट्रक्सन र तेल वितरक कम्पनीमा काम गर्ने व्यक्ति हुन्। लिबियाको अश्वेरिफ भन्ने स्थानबाट गत सेप्टेम्बर १४ तारिखमा उनीहरूको अपहरण भएको हो।

उनीहरू हवाई जहाज चढ्न त्रिपोली विमानस्थलमा आइरहेका बेला बाटोमै अपहरणमा परेको बिबिसीले जनाएको छ।

सन् २०१५ मा भारत सरकारले एक चेतावनी जारी गर्दै असुरक्षा देखिएकाले आफ्ना नागरिकलाई लिबिया नजान सल्लाह दिएको थियो। सन् २०१६ पछि त प्रतिबन्ध नै लगाएको थियो। जुन अहिले पनि यथावत् छ। 

भारतको विदेश मन्त्रालयले ट्युनिसियास्थित आफ्नो दूतावासले लिबियिा सरकार तथा विभिन्न अन्तर्राष्ट्रिय संस्थाको मद्दत लिएर अपहरित ती भारतीय नागरिकलाई सकुशल फिर्ता गराउने प्रयास भइरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .