ad ad

समाज


आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिनेछ : नासा

आज पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलो देखिनेछ : नासा

नेपालखबर
असोज २७, २०७७ मंगलबार ०:४३,

आज अक्टोबर १३ तारिखका दिन पृथ्वीबाट मंगल ग्रह सबैभन्दा ठूलो र चम्किलाे देखिने खगाेलविद्ले बताएका छन्। 

नासाका अनुसार यो दुर्लभ खगोलीय घटना हो। जसमा मंगल, पृथ्वी र सूर्य ग्रह आपसमा सीधा रेखामा हुनेछन्।

यसकाे अर्थ यी तीनवटा ग्रह १८० डिग्री काेणमा रहनेछन्। यसलाई टेलिस्कोपको सहयोगमा अवलाेकन गर्न सकिन्छ। तर राम्रोसँग हेर्न भने नजिकको खगोल विज्ञान केन्द्रमै जानुपर्ने हुन्छ।

खगोलविद्का अनुसार यस्ताे दुर्लभ घटना हरेक २ वर्ष (२६ महिना) मा हुन्छ। यसर्थ अब २०२२ डिसेम्बरयता मंगल ग्रह र पृथ्वी यति नजिक हुने छैनन्।

पृथ्वी र मंगल ग्रहबीचकाे दूरीमा यस्ताे परिवर्तन अन्डाकार कक्षका कारण हुने गर्छ। अन्य ग्रहका गुरुत्वाकर्षणका कारण परिक्रमा कक्षमा यस्ता परिवर्तन भइरहन्छन्।

खासगरी बृहस्पतिकाे गुरुत्वाकर्षण शक्तिले मंगल ग्रहकाे परिक्रमा कक्षलाई प्रभाव पार्ने गर्छ।

मंगल ग्रहलाई रातो ग्रह पनि भनिन्छ। यसको सतहमा ठूलो मात्रामा आइरन अक्साइड रहेकाले यसकाे रङ रातो देखिएकाे हाे। मंगल ग्रह साैर्य मण्डलकाे दाेस्राे सबैभन्दा सानाे ग्रह हाे। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .