ad ad

समाज


झापाको दमकमा दुई कोरोना संक्रमितको मृत्यु

झापाको दमकमा दुई कोरोना संक्रमितको मृत्यु

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १२:१४,

कोरोना भाइरसको संक्रमणवाट झापाको दमकमा मंगलबार थप दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा दमक नगरपालिका वडा नं ५ की ६७ वर्षीया वृद्धा र वडा नं ४ का ८२ वर्षीय वृद्ध रहेको दमक नगरपालिकाका स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखाका कर्मचारी कुवेर भट्टराईका अनुसार वृद्धको विर्तामोडस्थित बीएन्डसी हस्पिटलमा मृत्यु भएको हो। ती संक्रमितलाई आइतवार उपचारका लागि विर्तामोड ल्याइएको थियो।

त्यस्तै दमक ५ की वृद्धालाई उपचारका लागि विराटनगरतर्फ लादै गर्दा बाटैमा मृत्यु भएको उनले बताए। दमकको लाइफलाइन अस्पतालमा उपचार गराइरहेकी उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि दमक नगरपालिकाको कोभिड अस्पताल लगिएको थियो। त्यहाँ सम्भव नदेखिएपछि विराटनगर लैजादै गर्दा बाटैमा मृत्यु भएको थियो। दुवै संक्रमितको आज कनकाईमाईमा अन्त्येष्टि गरिएको छ।

योसँगै दमकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .