ad ad

राजनीति


कर्णालीका मुख्यमन्त्रीले गरेका निर्णय बालुवाटारबाट बदर, अध्यक्षद्वयका यी चार निर्णय

कर्णालीका मुख्यमन्त्रीले गरेका निर्णय बालुवाटारबाट बदर, अध्यक्षद्वयका यी चार निर्णय

नेपालखबर
कात्तिक ४, २०७७ मंगलबार १२:१८,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले त्यहाँका प्रमुख सचेतकलाई हटाउने भनी गरेका निर्णय बदर गरेका छन्।

त्यसैगरी शाहीले गरेको नयाँ प्रमुख सचेतकको नियुक्ति पनि बदर गरिदिएका छन्।

त्याेसँगै मुख्यमन्त्री शाहीविरुद्ध ल्याएको अविश्वासको मत फिर्ता हुने निर्णय गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताएका छन्।

त्यसो त कर्णाली प्रदेशमा रहेका माधव नेपालपक्षीय सांसदहरु सो प्रस्तावबाट पछि हटेपछि शाहीविरुद्धको अविश्वासको मत स्वतः निस्तेज भएको थियो।

ओली र प्रचण्डबीच मंगलबार बिहान बालुवाटारमा सो सहमति भएको थापाले जनाएका छन्।

उनका अनुसार दुई अध्यक्षबीच त्यसबारे चार निर्णय भएको थियो।

‘कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने र प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने,’ थापाले जानकारी दिएका छन्, ‘मुख्यमन्त्रीविरूद्द दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने।’

याे पनि: 
कर्णाली प्रदेशबारे बालुवाटारपछि खुमलटारको अर्को विज्ञप्ति : भ्रममा नपर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .