स्विमिङपुल (पौडी पोखरी)मा डुबेर शनिबार राति एकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका वडा नं ४ नारायणथान बस्ने ४८ वर्षीय छन्दबहादुर थापा रहेका छन्।
काठमाडौँबाट घुम्नका लागि चितवन आएका थापाको पूर्वी चितवनको सौराहामा रहेको होटल रेन फरेष्टको स्विमिङपुलमा डुबेर मृत्यु भएको हो। स्विमिङ गर्न जाने क्रममा स्विमिङपुलमा डुबेर बेहोस भएका थापाको उपचारका क्रममा शनिबार राति ८:४० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया