सिन्धुलीमा करेन्ट लाग्दा आइतबार एक महिलाको मृत्यु भएको छ। यहाँको दूधौली नगरपालिका–८ चितुवाखडि निवासी ३५ वर्षीया मेनुका खड्काको करेन्ट लाग्दा मृत्यु भएको हो।
घरमा रहेको बिजुली वाईरिङको तार मुसाले खाइ छानामा विद्युत् प्रवाह भई करेन्ट लागेको बताइएको छ।
घरको जस्ताको छानामाथि नाङलामा सुकाइएको दाल झिक्ने क्रममा करेन्ट लाग्दा मेनुकाको घटनस्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए। घटनाको विस्तृत विवरण बुझन् घटनास्थलतर्फ प्रहरीको टोली पठाइएको उनले जानकारी दिए। रासस
प्रतिक्रिया