इन्डोनेसियाको बालीमा घुम्न गएका भारतीय पर्यटकले त्यहाँको एक होटलमा चोरी गरेका छन्।
चोरी गर्ने पर्यटकहरु एकै घरका परिवार रहेको जनाइएको छ। उनीहरुले होटलको कोठामा राखिएको लुगाको ह्यांगरसमेत नछाडेको जनाइएको छ।
उनीहरुले होटलका स्याम्पु, कन्डिसनर, तौली, तन्ना, आइरन लगायतका समाग्री झोलामा चोरेर राखेका हुन्छन्।
यस घटनाको भिडियो सार्वजनिक भएको छ। ती पर्यटकहरुको झोलामा खोजतलास गर्न खोजिँदा उनीहरु रिसाएको देखिन्छ।
प्रहरीलाई खबर गर्ने धम्की दिएको देखिन्छ। एक महिला आफूहरु सबैको पैसा तिर्न राजी भएको बताउँछिन्। उसका पतिसमेत पछि पैसा तिर्न राजी छौं भन्दै बोलेको देखिन्छ।
यस भिडियो निकै भाइरल बनेको छ। भारतीय सामाजिक सन्जाल प्रयोगकर्ताले उनीहरुको आलोचना गरेका छन्। इन्डिया टुडे
(भिडियो)
3
Shares
प्रतिक्रिया