कोरोना भाइरसले मुख्य रूपमा फोक्सोमा आक्रमण गर्ने भएकाले खोकी लागिरह्यो वा सास फेर्न गाह्रो भयो भने तुरुन्त छातीको एक्सरे गराउन र सहेर नबस्न जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सुझाव दिएका छन्।
यसो भन्छन् डा.पाण्डे
कोरोना भाइरसको मुख्य आक्रमण फोक्सोमा हुन्छ। यदि तपाइँको पीसीआर पोजिटिभ छ, खोकी लागिरहेको छ, सास फेर्न गाह्रो भएको छ वा अक्सिजनको स्याचुरेसन ९४ भन्दा कम छ भने कृपया कोभिड अस्पताल वा कोभिड अस्पतालको फिभर क्लिनिक र फ्लु क्लिनिकमा गएर छातीको एक्सरे गर्नुहोला।
छातीको एक्सरे मा पानी जमेको वा हावा जमेको वा संक्रमण भएको अर्थात् निमोनिया भएमा सुरुमै उपचार गरे सजिलो हुन्छ। यदि सहेर वा पर्खेर बस्यौं भने जटिल स्थिति आउन सक्छ।
छातीको एक्सरे गर्दा ३००-५०० रुपियाँ मात्र खर्च हुन्छ।सरकारी अस्पतालमा यसको आधा मात्र शुल्क लाग्छ।
प्रतिक्रिया