आतंककारी हमला बढ्दै गएपछि युरोपेली मुलुकहरूले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्दै लगेका छन्।
गत साता फ्रान्स र अस्ट्रियामा आतंकारी हमला भएपछि युरोपेली मुलुकहरुले आफ्नो सीमा क्षेत्रमा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
गत साता फ्रान्सको राजधानी पेरिसमा एक शिक्षकको हत्या भएको थियो। त्यसलगत्तै फ्रान्सको निस, लियों, पेरिस र अस्ट्रियाको राजधानी भियनामासमेत आतंककारी हमला भएका थिए।
युरोपेली देशमा निर्बाध घुमफिर गर्न पाउने सेन्जेन भिसाको दुरुपयोग गर्दै आतंककारीहरुले हमला गर्न थालेको ठहरसहित युरोपियन मुलुकले सीमामा कडाइ गरेका हुन्।
फ्रान्समा आतंककारी हमला हुने सम्भावित स्थान चर्च, स्कुल र धार्मिक स्थलहरूमा सैनिकको संख्या बढाइएको छ। अस्ट्रिया, जर्मनी, बेल्जियम, स्विट्जरल्यान्ड, स्पेन, इटालीलगायत मुलुकले पनि आफ्नो सीमामा सुरक्षा व्यवस्था कडा पारिएको जनाएका छन्। एजेन्सी
प्रतिक्रिया