ad ad

समाज


फर्स्ट लेडी बनेपनि म शिक्षण पेशा छाड्दिनः जिल बाइडेन

फर्स्ट लेडी बनेपनि म शिक्षण पेशा  छाड्दिनः जिल बाइडेन

नेपालखबर
कात्तिक २७, २०७७ बिहिबार ७:१२,

उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चित भइसकेको छ। बाइडेन राष्ट्रपति बनेपछि उनकी श्रीमती जिल बाइडेन अमेरिकाको फर्स्ट लेडी हुनेछिन्।

तर जिलका अनुसार फर्स्ट लेडी बनेपनि उनले पढाउने पेशा छाड्दिनन्।

जिल अंग्रेजी विषयको प्राध्यापक हुन्। उनले शिक्षा संकायबाट पीएचडी गरेकी छिन्। उनी नर्थन भर्जिनियास्थित एक सामुदायिक कलजेको प्राध्यापक हुन्।

गत अगष्टमा जिलले आफू फर्स्ट लेडी बनेपनि पढाउने पेशा नछाड्ने बताएकी थिइन्। यदी जिलले फर्स्ट लेडी हुँदाहुँदै कलेज पढाए उनी अमेरिकामा ह्वाइट हाउस बाहिर तलबी काम गर्ने पहिलो फर्स्ट लेडी बन्ने छिन्।

यसअघि जो बाइडेनले ८ वर्ष उपराष्ट्रपतिको रुपमा ह्वाइट हाउसमा बिताउँदा पनि सेकेन्ड लेडी रहेकी जिलले त्यसबेला पनि शिक्षण पेशा त्यागेकी थिइनन्। एबीसी न्युज

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .