ad ad

समाज


विश्वका सय प्रभावशाली महिलाको सूचीमा सपना मगर पनि, जो पशुपतिमा शव जलाउँछिन् (भिडिओ)

विश्वका सय प्रभावशाली महिलाको सूचीमा सपना मगर पनि, जो पशुपतिमा शव जलाउँछिन् (भिडिओ)

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ४:१८,

अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले यस वर्ष (सन् २०२०) का प्रेरणादायी र प्रभावशाली महिलाका रूपमा छनोट गरेका सय जनामध्ये नेपालकी सपना रोका मगर पनि परेकी छन्।

जीवन कठिन परिस्थितिमा हुँदाहुँदै पनि संघर्ष गरेर समाज परिवर्तनका लागि उदाहरणीय काम गरेका सय महिलाको सूची बीबीसीले सार्वजनिक गरेको हो।

सोमबार राति सार्वजनिक सूचीमा शव जलाउने प्राविधिक सपना पनि समेटिएकी हुन्।

यो सूचीमा फिनल्यान्डकी नेतृ सन्ना मारिन, अवतार तथा मार्भल फिल्मकी स्टार मिसेल योह र कोरोना भाइरसविरूद्ध खोप अनुसन्धान गर्ने अक्सफोर्ड युनिभर्सिटीको टोलीमा रहेकी सरा गिल्बर्टलगायत छन्।

‘तर एउटा असाधारण वर्षमा विश्वका कैयौं महिलाले अरूको मद्दतका लागि बलिदानी दिएका छन्, तिनैको श्रद्धाञ्जलिस्वरूप सय महिलाको सूचीमा एउटा ठाउँ खालि छाडिएको छ,’ बीबीसीले भनेको छ।

भिडिओ 

उनकाे जीवन कहानीसपना अर्थात् बेवारिसे शवका वारिस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .