ad ad

समाज


कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जना पक्राउ

कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जना पक्राउ

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ४:५०,

रौतहटमा कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले हत्याको आरोपमा रौतहट वृन्दावन नगरपालिका–७, सखुवा धमौरा बस्ने १९ वर्षीय विकास पासवान र सोही स्थानका ५५ वर्षीय बिन्द पासवानलाई पक्राउ गरेको हो।

विकास सहितको टोलीले सोमबार मादक पदार्थ सेवन गरी घर फर्कने क्रममा स्थानीय अमिरी पासवानलाई कुटपिट गरी धकेलेर घाइते बनाएका थिए। 

गम्भीर घाइते  भएका अमिरीको गरुडास्थित सिटी अस्पतालमा उपचारका क्रममा राति सवा ८ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतको शव पोस्टमार्टमका लागि गौर पठाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .