ad ad

समाज


कौशलटारमा कार दुर्घटना : सडकमा भेटिएकी युवतीको शवको सनाखत

कौशलटारमा कार दुर्घटना : सडकमा भेटिएकी युवतीको शवको सनाखत

नेपालखबर
मंसिर २१, २०७७ आइतबार ५:९,

भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कार बाहिर सडकमा भेटिएकी युवतीको शवको सनाखत भएको छ।   

दुर्घटनामा ज्यान गुमाउने युवती धुम्बाराही बस्ने करिब २८ वर्षीया रिया श्रेष्ठ भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले जानकारी दिइन्।

दुर्घटनामा परेका कारका चालक भक्तपुरको लोकन्थली बस्ने २६ वर्षीय रञ्जित कार्की आइतबार बिहान प्रहरी सम्पर्कमा आएपछि मृतक युवतीको सनाखत भएको हो।

एसपी थापाले नेपालखबरसँग भनिन्, ‘दुर्घटनामा परेको कारमा श्रेष्ठ र कार्कीसँगै सुधिर थापा र विजय देउजा पनि सवार भएको पाइएको छ। दुर्घटनामा देउजा सामान्य घाइते भएका छन्।’

मध्यपुरथिमि नगरपालिका ३ कौशलटारमा बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको बा ८ च ४७५६ नम्बरको कार बाहिर घाइते अवस्थामा भेटिएकी श्रेष्ठलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीको भनाई छ।

‘तीव्र गतिमा रहेको कारको अगाडिबाट बाछोले बाटो काट्दा दुर्घटना भएको चालकले बताएका छन्,’ एसपी श्रेष्ठ भनिन्, ‘चालकले युवतीलाई धुम्बाराईमा छोड्न जाँदा दुर्घटना भएको बताएका छन्। हामी अनुसन्धान गर्दै छौँ।’

भक्तपुरको राधेराधेबाट श्रेष्ठलाई धुम्बाराइमा छोड्न हिँडेको कार राति पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। उनीहरु त्यति राति किन कारमा घुमिरहेका थिए, खुलेको छैन।

यो पनि भक्तपुरको कौशलटारमा दुर्घटनाग्रस्त कार बाहिर युवतीको शव फेला, सनाखत हुन बाँकी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .