नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ६०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ भने आज देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९२ रहेको छ।
मनत्रालयले २४ घण्टामा जम्मा ४ हजार १४२ पीसीआर परीक्षण भएको जनाकारी दिएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८९२ जना कोरोना संक्रमित निको भएका छने्। योसँगै निको हुनेको संख्या २ लाख ४८ हजार २९२ पुगेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको निधन भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ८१६ पुगेको मन्त्रालयले जनाएको छ।
33
Shares
प्रतिक्रिया