ad ad

समाज


अमेरिकाको टेक्ससमा अन्धाधुन्द गोली प्रहार, २० जनाको मृत्यु, २६ घाइते

अमेरिकाको टेक्ससमा अन्धाधुन्द गोली प्रहार, २० जनाको मृत्यु, २६ घाइते

नेपालखबर
साउन १९, २०७६ आइतबार २:५२,

अमेरिकाको टेक्सस राज्यमा अन्धाधुन्द गोली प्रहार हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ। घटनामा २६ जना घाइते भएका छन्।

बीबीसीका अनुसार घटना अमेरिका र मेक्सिकोको सिमानाभन्दा केही पर रहेको वालमार्ट स्टोरमा भएको हो।

एल पासो सहरमा भएको उक्त घटनालाई टेक्ससका गभर्नरले आफ्नो प्रान्तका लागि इतिहासकै सबैभन्दा घातक दिन मध्येको एक रहेको बताएका छन्।

घटनामा संलग्न आशंकामा प्रहरीले २१ वर्षीय एक युवकलाई नियन्त्रणमा लिएको छ। 

अमेरिकी सञ्चार माध्यमहरूका अनुसार उनको नाम प्याट्रिक क्रुसिअस हाे। उनी ड्यालस सहरका बासिन्दा हुन्।  

तर मृतक तथा घाइतेहरूको नाम भने हालसम्म खुलाइएको छैन।

रोयटर्स समाचार संस्थाका अनुसार मेक्सिकोका राष्ट्रपतिले भने आफ्ना तीन नागरिकको मृत्यु र ६ जना घाइते भएको बताएका छन्। 

सीसीटीभी फुटेजमा डार्क टिसर्ट र इअर प्रोटेक्टर लगाएका व्यक्तिले एसल्ट राइफलमार्फत अन्धाधुन्ध गोली बर्साएको देखिन्छ ।

पछिल्लो एक सातामा अमेरिकामा भएको यो दोस्रो गाेलीकाण्ड हाे। यसअघि क्यालिफोर्निया राज्यमा गोली लागेर तीन जनाको मृत्यु भएको थियो।

टेक्ससमा भएको घटनालाई अमेरिकाको पछिल्लो कालखण्डको आठौँ घातक बन्दुक आक्रमणका रूपमा अर्थ्याइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .