विद्यार्थीलाई सामाजिक सञ्जालमार्फत यौन दुव्र्यवहार गरेको आरोपमा रत्न राज्य (आरआर) क्याम्पसका एक प्राध्यापक पक्राउ परेका छन्।
सोही क्याम्पसमा अध्ययनरत एक छात्रालाई म्यासेन्जरमा अश्लील म्यासेज पठाएको आरोपमा ४५ वर्षीय प्राध्यापक विष्णुप्रसाद आचार्यलाई प्रहरीले सोमबार पक्राउ गरेको हो।
प्राध्यापक आचार्यलाई पक्राउ गरिएको र अभद्र व्यवहारमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश बिष्टले जानकारी दिए।
म्यासेन्जरमा अश्लील शब्द पठाएको भन्दै ती विद्यार्थीले उनीविरुद्ध आइतबार परिसरमा जाहेरी दिएकी थिइन्। प्राध्यापक आचार्यलाई क्याम्पस बाहिरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।
प्रतिक्रिया