ad ad

समाज


२४ घण्टामा आगलागीका सात घटना, दुई घाइते

२४ घण्टामा आगलागीका सात घटना, दुई घाइते

नेपालखबर
माघ २८, २०७७ बुधबार ९:१६,

गएको २४ घण्टामा देशका विभिन्न भागमा आगलागीका सात घटना भएका छन्।

आगलागी नियन्त्रणका क्रममा दुई जना घाइते भएको राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार ताप्लेजुङ, झापाका दुई स्थान, सोलुखुम्बु, महोत्तरी र सुनसरीमा आगलागीका घटना भएका छन्।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ फुन्द्रुवा स्थित फुन्द्रुवा आधारभुत विद्यायमा अचानक आगलागी हुँदा स्कुलको कक्षा ४, ५ र अफिस कोठा जली पूर्णरुपमा क्षति भई कम्प्युटर, ल्यापटप, सोलार प्यानल, ब्याट्री, डेक्सबेन्च, दराज, टेबल, कुर्सी, ईन्भर्टर, प्रिन्टर, पुस्तकहरु, प्रोजेक्टर, ८० जना विद्यार्थीहरुको किताब र झोला पूर्णरुपमा जलि ३० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगो नियन्त्रणमा लिने क्रममा एक व्यक्ति सामान्य घाइते भएका छन्।

यस्तै, झापाको बिर्तामोड नगरपालिका–७ स्कुल चोकस्थित एक परालको कुन्यूमा अचानक आगलागी हुँदा आगो निभाउने क्रममा नगरपालिका कार्यालयको दमकल कर्मचारी घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .