ad ad

समाज


‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा वैज्ञानिकले सार्वजनिक गरे ‘डेटिङ’बारे अनुसन्धान प्रतिवेदन

‘भ्यालेन्टाइन डे’ नजिकिँदै गर्दा वैज्ञानिकले सार्वजनिक गरे ‘डेटिङ’बारे अनुसन्धान प्रतिवेदन

नेपालखबर
माघ ३०, २०७७ शुक्रबार ८:४८,

भ्यालेन्टाइन डे विक (सप्ताह) का बीच क्यानडाका वैज्ञानिकले डेटिङबारे अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका छन्।

उनीहरूका अनुसार तपाईं पार्टनर (केटा वा केटी साथी) सँग डेटिङमा जाँदै हुनुहुन्छ भने सुरुवातका ३ मिनेटले तपाईंको पर्सनालिटी (व्यक्तित्व) निर्धारण गर्छ। यही ३ मिनेटले बताउनेछ- आफ्ना अगाडिका व्यक्तिमा तपाईंको प्रभाव कस्तो पर्‍यो?

यसबारे बुझ्न वैज्ञानिकले ३७२ जना युवामा अनुसन्धान गरेका थिए। जसलाई डेटिङमा पठाइयो। त्यस क्रममा सुरुवातका ३ मिनेटमा उनीहरूलाई पार्टनरले कस्तो मान्यता दिए, त्यसको विश्लेषण गरियो।

वैज्ञानिकका अनुसार सन् २०१७ देखि २०१८ सम्म मन्ट्रियलमा युवाबीच डेटिङ सेसन सञ्चालन गरिएको हाे। यस क्रममा उनीहरूले आफ्ना पार्टनरका पर्सनालिटी र स्वास्थ्यका विषयमा जानकारी लिए। यिनै कुरा तिनका साथी र परिवारका सदस्यलाई पनि सोधियो।

अनुसन्धानबाट निष्कर्ष आयो– धेरैजसो मानिस ३ मिनेटको डेटिङमा आफ्ना पार्टनरको व्यक्तित्व बताउन समर्थ देखिए।

यसको अनुसन्धान गर्ने म्याकगिल युनिभर्सिटीका मनोवैज्ञानिक लरेन गेजार्ड भन्छन्, ‘केही मानिस एउटा किताबजस्तै हुन्छन्, जसको व्यक्तित्व केही मिनेट कुराकानी गर्नेबित्तिकै थाहा भइहाल्छ। तर केही मानिस यस्ता पनि हुन्छन्, जसलाई बुझ्न निकै गाह्रो पर्छ।’

डेटिङ गर्नुपहिले प्रोफाइल सुधार्नुस्
लन्डनस्थित क्विनमेरी युनिभर्सिटीका अनुसन्धानकर्ता भन्छन्, ‘अनलाइन डेटिङ गर्दै हुनुहुन्छ भने आफ्नो प्रोफाइलमा ध्यान दिनुहोस्, जहाँ यस्तो तस्बिर चाहिन्छ, जसले मानवता झल्काओस्। जस्तै: केटीले यस्ता  फोटा मन पराउँछन्, जसमा अर्की युवतीले युवकलाई हेरेर हाँसिरहेको देखियोस्। तपाईंको सेल्फीमा मायालु मुस्कान छ भने युवती तपाईंप्रति बढी आकर्षित हुन सक्छन्।’

प्रोफाइल बनाउँदा ७०:३० को नियम याद राख्नुस्
क्विनमेरी युनिभर्सिटीका अर्काे एक अनुसन्धान भन्छ– अनलाइन प्रोफाइल बनाउँदै हुनुहुन्छ भने ७०:३० को नियम याद राख्नुस्। तपाईंको प्रोफाइलमा ७० प्रतिशत सत्य कुरा हुन जरुरी छ। जस्तो तपाईं हुनुहुन्छ, त्यस्तै उल्लेख गर्नुस्। साथै प्रोफाइलमा ३० प्रतिशत भागमा त्यस्ता कुरा लेख्नुस्, जुन कुरा तपाईंको पार्टनरले खोजिरहेको हुन्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .