ad ad

समाज


बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती माग्ने तीन जना पक्राउ

बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती माग्ने तीन जना पक्राउ

नेपालखबर
फागुन १६, २०७७ आइतबार १३:४८,

विराटनगर महानगरपालिका–१८ खोक्सा बस्ने २३ वर्षीय पुरुषलाई बन्धक बनाइ १० लाख रुपैयाँ फिरौती मागेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–१६ दरैया बस्ने २० वर्षीय रोहित पण्डित, २१ वर्षीय अजय यादव र वडा नं ६ रामपुर बस्ने २८ वर्षीया सन्ध्या शर्मा रहेका छन्।

बन्धक बनाएको सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–६ रामपुरबाट पीडितलाई २ घण्टाभित्रै सकुशल उद्दार गरेको थियो।

प्रहरीले रोहितलाई शनिबार बेलुका उनकै घरबाट, अजयलाई आइतबार बिहान सोही महानगरपालिका–१२ बखरीबाट र सन्ध्यालाई आइतबार बिहान सोही महानगरपालिका–१ पोखरियाबाट फेला पारी पक्राउ गरेको हो।

उनीहरूले पीडितलाई बन्धक बनाएर परिवारसँग १० लाख रुपैयाँ फिरौती समेत मागेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको र उनीहरू उपर अपहरण तथा शरीर बन्धक कसूरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .