ad ad

समाज


अफगानिस्तानमा गोली हानेर तीन जना महिला सञ्चारकर्मीको हत्या

अफगानिस्तानमा गोली हानेर तीन जना महिला सञ्चारकर्मीको हत्या

नेपालखबर
फागुन १९, २०७७ बुधबार ०:१७,

पूर्वी अफगानिस्तानको जलालाबादमा बन्दुकधारीले तीनजना महिला सञ्चारकर्मीलाई गोली हानी हत्या गरेका छन्।

युद्ध अन्त्यका लागि निरन्तर वार्ताको प्रयास भइरहेको समयमा बन्दुकधारीले सञ्चारकर्मीको हत्या गरेका हुन्। यो आक्रमणले शान्तिवार्ताका लागि तालिबान समूहसँग अमेरिकी पहलमा भइरहेको प्रयासमा समस्या सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

कार्यालयको काम सकेर पैदल घर जाँदै गरेका सञ्चारकर्मीलाई गोली प्रहार गरी हत्या गरिएको एनिकास टीभीका निर्देशक जलमाई लतिफीले जानकारी दिए। यसबारे विस्तृत विवरण आउन बाँकी छ।

घटनास्थललाई सुरक्षाकर्मीले घेरा हाली आक्रमणकारीको खोजी सुरु गरेको छ। अफगानिस्तानमा तालिबान समूह र सरकारबीच स्थायी शान्तिका लागि गत वर्षदेखि निरन्तर वार्ताहरू भइरहेका छन्। वार्तामा तालिबान समूहले हतियार छोडी मूल राजनीतिक प्रणालीमा आउन एउटा प्रमुख सर्तका रूपमा विदेशी सेनाले अफगानिस्तान छाड्नुपर्ने अडान राखेको छ।

तालिवानी सरकार, अमेरिकालगायतका विश्व समुदायले तालिबान समूहले हिंसा छोडेको पुष्टि हुने गरी गतिविधि अघि बढाएमा उनीहरूका अधिकांश माग पूरा गर्न सकिने बताएका छन्। अन्तर्राष्ट्रिय मध्यस्थतामा सरकार र तालिबान समूहबीच कतारको दोहामा पटक पटक वार्ता भइसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .