झापा मेचीनगर नगरपालिका ६ स्थित न्यु विशाल होटलबाट नेपाली मूलका दुई भारतीय महिला लागूऔषध अफिमसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारत मनिपुर बस्ने ३० वर्षीया लक्ष्मी क्षेत्री र भारत दार्जिलिङ बस्ने ३८ बर्षीया गायत्री देवी क्षेत्री रहेका छन्।
प्रतिबन्धित लागूऔषध अफिमको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठामाडौं र इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उक्त होटलको कोठा नं. १०५ बाट उनीहरुलाई पक्राउ गरेको हो।
प्लाष्टिकको जेब्रा झोलाभित्र दुईवटा पोका बनाई लुकाइराखेको प्रतिबन्धित लागूऔषध अफिम २ किलोसहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काकरभिट्टा झापाले जनाएको छ।
पक्राउ परेकाउपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिक्रिया