ad ad

समाज


झा दम्पती हत्या प्रकरण : पक्राउ परेका तीनै जना एकै परिवारका, शव लुकाएको बाकस र जलेका कपडा बरामद

झा दम्पती हत्या प्रकरण :  पक्राउ परेका तीनै जना एकै परिवारका, शव लुकाएको बाकस र जलेका कपडा बरामद

शैलेन्द्र महतो
चैत १५, २०७७ आइतबार ११:१३,

महोत्तरीको पिपरा गाउँपालिका झा दम्पतीको बेपत्ता तथा हत्या प्रकरणमा पक्राउ परेका थप ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले  स्थानीय तरादेवी झा र उनका दुई छोरा कैलाश झा र विकास झालाई सार्वजनिक गरेको हो।

पिपरा गाउँपालिका–५ सहोर्वाका ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी झाको हत्यामा संलग्न रहेको आरोपमा शुक्रबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो।

कैलाशको घरमा झा दम्पतीको जलेको कपडा, शव लुकाइराखेको र जलाएको बाकस, जलाएका दाउरा लगायतका सामग्री बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले बताए।

हत्यामा उनीहरुको संलग्नता देखिएको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ।

स्थानीयका अनुसार तीनैजना झा दम्पतीका नातेदार हुन्।

झा दम्पतीको अपहरणपछि हत्या गरेको आरोपमा प्रहरीले एक साताअघि छिमेक रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवका साथै भारत बिहार मधुबनी घर भइ महोत्तरीको बनौलीमा बस्दै आाएका हरेन्द्र ठाकुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ।

गएको फागुन १० गते राति ओछ्यानसहित बेपत्ता भएका झा दम्पतीको शव एकमहिनापश्चात गएको बिहीबार गाडेको अवस्थामा पीपरा गाउँपालिका २ अतरा जाने बाटोमा फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .