पोखरामा एक हप्ताभित्र दुई किशोरीमाथि बलात्कार भएको छ। प्रहरीले शनिबार पोखरा ९ बाट धादिङ निलकण्ठ नगरपालिका ९ घर भई हाल पोखरा ९ बस्ने २३ वर्षीय ईश्वर श्रेष्ठलाई १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो।
‘घरमा कोही नभएको अवस्थामा डरत्रास, धम्की दिएर जबर्जस्ती करणी गरेको पाइयो,’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले भने, ‘उनलाई पोखरा ४ बाट नियन्त्रणमा लिएका हौं।’
यता, बुधबार कास्कीको मादी १ सिक्लेसका २९ वर्षीय गमबहादुर परियारलाई १८ वर्षीय मजदुर युवतीमाथि बलात्कार गरेको आरोप छ।
धारामा पानी भर्न जाने क्रममा ती किशोरीलाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले मादी १ सिक्लेसका परियारलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीले बलात्कार आरोपित दुवैलाई आइतबार सार्वजनिक गरेको छ।
प्रतिक्रिया