ad ad

समाज


गोरखा फुजेल हत्याका सबै अभियुक्तलाई सफाइ दिने जिल्लाकै फैसला उच्चबाट सदर

गोरखा फुजेल हत्याका सबै अभियुक्तलाई सफाइ दिने जिल्लाकै फैसला उच्चबाट सदर

नेपालखबर
चैत २९, २०७७ आइतबार १६:१३,

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका सबै अभियुक्तले उच्च अदालतबाट पनि सफाइ पाएका छन्।

उच्च अदालत पाटनको, हेटौंडा इजलासले जिल्ला अदालत चितवनकै फैसला सदर गरेको हो। उच्च अदालतका न्यायाधीशद्वय चण्डीराज ढकाल र मेरिना श्रेष्ठको इजलासमा सुनुवाई भएको हो।

गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको २०६१ जेठ २४ गते चितवन रत्ननगरमा हत्या भएको थियो।

हजुरबुवा–हजुरआमालाई भेट्न आएका बेला भएको हत्याको जिम्मा तत्कालीन विद्रोही माओवादीले लिएको थियो।

हत्या आरोपमा २०७० चैत ३० गते १३ जनाविरुद्ध मुद्दा दायर भएको थियो। तर अदालतले केहीलाई साधारण तारेख र केहीलाई धरौटीमा रिहा गरेको थियो। तर त्यसविरुद्ध मुद्दा पुनः सर्वोच्चसम्म मुद्दा पुगेको थियो।

१७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई आजीवन काराबासको सजाय माग गर्दै अनशन बसेकै बेला नन्दप्रसाद अधिकारीको २०७१ असोज ६ गते मृत्यु भएको थियो। आमा गंगामाया वर्षौंदेखि अनसनरत छिन्।

उच्च अदालतले जिल्लाकै फैसला सदरगरेसँगै यो मुद्दा सर्वोच्च अदालतसम्म पुग्ने देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .