ad ad

समाज


३० लाख नाघ्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, डब्लूएचओ भन्छः अवस्था चिन्ताजनक

३० लाख नाघ्यो कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या, डब्लूएचओ भन्छः अवस्था चिन्ताजनक

नेपालखबर
बैशाख ४, २०७८ शनिबार १०:५७,

कोरोनाको तथ्यांक राख्दै आएको अमेरिकाको जोन्स हपकिन्स विश्व विद्यालयका अनुसार शनिबारसम्म कोरोना भाइरसबाट ३० लाखभन्दा बढीको मृत्यु भइसकेको छ।

कोरोनाविरुद्धको खोप अभियान लगभग विश्वभरका देशमा सुरुवात भइसकेको छ। यद्यपी खोप कार्यक्रम जारी रहँदा कोरोनाको प्रकोप रोकिने संकेत देखिँदैन।

विश्व स्वास्थ्य संगठनका अनुसार नयाँ प्रकारका संक्रामक कोरोनाका कारण यस्तो भएको हो।

‘विश्वभर कोरोनाको कारण मृत्युदर बढ्नु चिन्ताजनक विषय हो’ डब्लूएचओका प्रमुख टेड्रोस एडह्यानम गिब्रिएसुसले भनेका छन्,‘गएको दुई महिनायता हप्तैपिच्छे कोरोना संक्रमित दोब्बर रुपमा वृद्धि भइरहेका छन्।’

वर्ल्डोमिटरका अनुसार शनिबारसम्म कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १४ करोड ६ लाख ३६ हजार पुगेको छ।

यसको संक्रमणबाट ३० लाख १४ हजारको मृत्यु भइसकेको छ भने १ करोड १९ लाख कोरोनामुक्त भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .