ad ad

समाज


भेरी अस्पतालमा तीन घण्टाको फरकमा तीन संक्रमितको मृत्यु

भेरी अस्पतालमा तीन घण्टाको फरकमा तीन संक्रमितको मृत्यु

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ३:५,

बाँकेको भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको तीन घण्टाको फरकमा मृत्यु भएको छ।

नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको गएराति तीन घण्टाको फरकमा मृत्यु भएको जिल्ला सङ्कट व्यवस्थापन समिति बाँकेका कोरोना स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

वलीका अनुसार भेरी अस्पतालमा उपचाररत राजापुर नगरपालिका–१ बर्दिया निवासी ७३ वर्षीय पुरुषको शनिबार बेलुका ७ः०० बजे मृत्यु भएको थियो। त्यसको ४० मिनेटपछि बाँकेको बैजनाथ गाउँपालिका–८ निवासी ७८ वर्षीया महिलाको पनि मृत्यु भएको छ। गत चैत ३१ गते कोरोना सङ्क्रमण देखिएपछि वैशाख १ गते अस्पताल भर्ना भएकी ती महिलाको उपचारकै क्रममा गए राति ७ः४० बजे उहाँको मृत्यु भएको हो।

भेरी अस्पतालमै उपचाररत नारायण नगरपालिका–१ दैलेख निवासी ६८ वर्षीया महिलाको पनि गए राति नै निधन भएको छ।

गत चैत ३० गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो। स्वास्थ्यमा सुधार नभएपछि उपचारकै क्रममा शनिबार राति ९ः३० बजे उनको मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले जानकारी दिए।

योसँगै बाँकेमा उपचारका लागि बाहिरी जिल्लाबाट आएर ज्यान गुमाउने कोरोना सङ्क्रमितको संख्या ९६ पुगेको छ भने बाँके जिल्ला निवासी ६० जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .