ad ad

समाज


जेलमा रहेका पुटिनका कट्टर आलोचक नभाल्नीको केही दिनमै ज्यान जानसक्ने

जेलमा रहेका पुटिनका कट्टर आलोचक नभाल्नीको केही दिनमै ज्यान जानसक्ने

नेपालखबर
बैशाख ५, २०७८ आइतबार ९:१५,

बिरामी नभाल्नीको उपचारमा ध्यान नदिइए उनको मृत्यु हुनसक्ने नभाल्नीका चिकित्सकले बताएका हुन्।

चिकित्सकहरूले हालै नभाल्नीको रगत परीक्षण गरेका थियो। सो परीक्षणको नतिजाले उनमा हृदयाघात अथवा मिर्गौलाले काम गर्न नसक्ने अवस्था आउनसक्ने देखिएको बताइएको छ।

ढाड तथा खुट्टासम्बन्धी समस्याको पूर्ण उपचारको माग गर्दै विगत १८ दिनदेखि नभाल्नी अनशनरत छन्।

अमेरिकी राष्ट्रपति जो बाइडनले जेलमा रहेका नभाल्नीको अवस्थालाई पूर्णतः अन्यायपूर्ण र अनुपयुक्त भनेका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कटु आलोचक नभाल्नीलाई आर्थिक हिनामिनासम्बन्धी पुराना अभियोगहरूमा गत फेब्रअरी महिनामा जेल पठाइएको थियो। बीबीसी

यो पनिः पुटिनलाई भ्रष्टाचारी भन्दै नभाल्नीले बनाए भिडिओ, कालोधनले दरबार बनाएको आरोप

-के नभाल्नीलाई रुसी राष्ट्रपति पुटिनकै आदेशमा विष खुवाइएको हो?

-एक महिना हिरासतमा राखिने बताइएका नभाल्नीलाई साढे ३ वर्ष जेल, चर्कियो अन्दोलन

-पुटिनका कट्टर आलोचक नभाल्नीको स्वास्थ्य अवस्था बिग्रियो, हात–खुट्टा सुन्निन थाले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .