ad ad

समाज


नेपालबाट तेस्रो मुलुक जाने भारतीयलाई अब ‘एन ओ सी’ नचाहिने

नेपालबाट तेस्रो मुलुक जाने भारतीयलाई अब ‘एन ओ सी’ नचाहिने

नेपालखबर
बैशाख ८, २०७८ बुधबार ९:४८,

नेपालहुँदै तेस्रो मुलुक जाने भारतीय नागरिकलाई अब ‘नो अब्जेक्सन लेटर’ नचाहिने भएको छ।

काठमाडौंस्थित भारतीय दूतावासको आग्रहमा मंगलबार गृहमन्त्रीस्तरीय निर्णयले पासापोर्ट भएका र भारतबाटै अध्यागमनको छाप लगाएर आएका नागरिकलाई ‘एन ओ सी’ बिनै तेस्रो मुलुक जान दिने निर्णय भएको हो।

गृह मन्त्रालयको उक्त निर्णयसँगै मंगलबार साँझबाटै कार्यान्वयन सुरु भएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले नेपालखबरलाई बताए।

काठमाडौंस्थित भारतीय दूतावासले अध्यागमन विभागलाई यस्तो व्यवस्था गर्न आग्रह गर्दै सोमबार पत्र पठाएको थियो।

साउदी लगायतका देशले भारतबाट आउजाउ गर्न प्रतिबन्ध लगाएपछि रोजगारी र अन्य कामले ती देश जाने भारतीय नागरिक नेपालको विमानस्थल प्रयोग गरेर त्यहाँ जान थालेका छन्।

एक देशमा अपराध गरेर अर्को देशबाट विदेश भाग्न नपाउन् भनेर यस्तो व्यवस्था दुवै देशमा कार्यन्वयनमा छ।

भारत भएर तेस्रो मुलुक जाने नेपालीले पनि त्यहाँस्थित नेपाली दूतावासबाट एन ओ सी लिएर मात्रै उड्न पाउँछन्।

तर अहिले भारतमाथिको प्रतिबन्धका कारण एन ओ सी लिने भारतीय नागरिकको दूतावासमा भीड लागेपछि दूतावासको आग्रहमा विशेष व्यवस्था गरिएको महानिर्देशक भट्टराईले बताए।

नयाँ व्यवस्था अनुसार पनि भारतको अध्यागमन विभागबाट छाप नलगाई आएकाको हकमा भने एन ओ सी चाहिनेछ।

त्यसैगरी पासपोर्ट नभई अन्य परिचय पत्र देखाउने हरुमा लागि भने एन ओ सी देखाउनुपर्ने व्यवस्था कायम रहेको बताइएको छ।

यो पनि :
१२ दिनमै नेपालबाट साउदी उडे १७ सय भारतीय, दूतावासद्वारा नरोक्न आग्रह
काठमाडौँ हुँदै तेस्रो मुलुक जाने भारतीय बढेपछि नेपालमाथि हवाई प्रतिबन्धको खतरा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .