ad ad

समाज


भारतमा भेटिएको नयाँ ‘भेरिएन्ट’ एकदमै खतरनाक छ भनिएको होइन : सीसीएमबी

भारतमा भेटिएको नयाँ ‘भेरिएन्ट’ एकदमै खतरनाक छ भनिएको होइन : सीसीएमबी

नेपालखबर
बैशाख २४, २०७८ शुक्रबार १३:५३,

आन्ध्र प्रदेशलगायत भारतका विभिन्न राज्यमा कोरोनाको अर्काे नयाँ र अहिलेसम्मकै खतरनाक प्रजाति फैलिएको भन्ने विषयमा वैज्ञानिकले नयाँ दाबी गरेका छन्।

हैदराबादस्थित सेन्टर फर सेलुलर एन्ड माइक्रो बायोलजी (सीसीएमबी) ले आन्ध्र प्रदेशमा नयाँ र विशेष खालको कोरोना प्रजाति भेटिएको भन्ने यसअघिको खबर खारेज गरेको हो।

सीसीएमबीले भनेको छ : आन्ध्र प्रदेशमा N440K स्ट्रेनको जुन चर्चा चलिरहेको छ, त्यसले पूरै संक्रमणमा ५ प्रतिशतभन्दा पनि कम स्थान ओगटेको पाइएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार द प्रिन्टसँगको कुराकानीमा सीसीएमबीका निर्देशक राकेश मिश्राले भनेका छन्, ‘उक्त भेरिएन्ट कि चाँडै हराउँछ कि यसको ठाउँ अरू भेरिएन्टले लिन्छ।’

मिश्राले स्पष्ट शब्दमा N440K भेरिएन्ट १५ गुनासम्म खतरनाक हुन्छ भन्ने कुरा गलत हो भनेका छन्। उनले एक प्रयोगशालाको रिपोर्ट उल्लेख गरे, जसमा भनिएको थियो- N440K भेरिएन्ट तीव्र गतिमा फैलिन्छ, तर यसको अर्थ यो मानिसका लागि बढी खतरनाक पनि छ भन्न खोजिएको होइन भने। 

उनले भने, ‘हामीले हाम्रो रिपोर्टमा भनेका थियौं– N440K भेरिएन्टको बढ्ने प्रकृति १० देखि १५ गुणा बढी पाइयो। तर हामीले यो जनावरको सेलमा विकास गरेका थियौं। तर मानिससँग फरक प्रणाली छ। मानिससँग प्रतिरक्षा प्रणाली पनि छ। यसका अतरिक्त अन्य कारणले पनि प्रभाव पार्छन्। संक्रमणको अनुमान प्रयोगशालामा विकास गरिएको भेरिएन्टको प्रभावबाट गर्न सकिन्न।’

यो पनि : भारतमा भेटियो हजार गुना बढी संक्रामक अर्काे ‘भेरिएन्ट’, यसैले महामारी व्यापक बनाएको वैज्ञानिकको दाबी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .