कास्कीमा मात्रै ८५६ सहित गण्डकीमा एकैदिन १ हजार ३९६ जनामा कोरोना संक्रमण भएको छ।
पछिल्लो २४ घण्टामा २ हजार ३३९ जनाको पीसीआर परीक्षण गरिँदा यति ठूलो संख्यामा संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको हो। गण्डकीमा हालसम्म २२ हजारभन्दा बढी संक्रमित भइसकेका छन्। तीमध्ये सक्रिय संक्रमितको संख्या ४ हजार ६२० छ।
गण्डकी स्वास्थ्य निर्देशनालय प्रमुख डाक्टर विनोदविन्दु शर्माका अनुसार शुक्रबार मात्रै गण्डकीमा कोरोनाबाट ७ जनाले ज्यान गुमाएका छन्।
योसँगै गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४८ पुगेको छ। तीमध्ये ४५ जना कोभिडको दोस्रो लहरको संक्रमणबाट बितेका हुन्।
बिहीबार गण्डकीमा कास्कीमा ८५६,पर्वतमा १६७,गोरखामा ६०, तनहुँमा ६१, स्याङजामा ५९, नवलपुरमा ५४, बागलुङमा ५३, लमजुङमा २८, म्याग्दीमा ५६, मनाङमा २० र मुस्ताङमा २ जनामा संक्रमण देखिएको हो।
प्रतिक्रिया