ad ad

समाज


बेड अभाव भएपछि कोरोना संक्रमितलाई भूईंमै राखेर उपचार

बेड अभाव भएपछि कोरोना संक्रमितलाई भूईंमै राखेर उपचार

नेपालखबर
जेठ २, २०७८ आइतबार १२:४०,

बेड अभाव भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीले भूईंमै बसेर उपचार गराइरहेका छन्।

कोरोना संक्रमणको दर दिनप्रतिदिन बढेसँगै गम्भीर बिरामीको संख्या पनि थपिँदै जाँदा मुलुकभर बेड र अक्सिजनको अभाव देखिएको हो।

राजधानी काठमाडौंको टेकुस्थित सरुवा रोग अस्पतालमा पनि बेड अभाव भएपछि आकस्मिक कक्ष बाहिर भूईँमा नै राखेर विरामीको उपचार गराइएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले बेड अभाव नभएको भनेर रटान लगाईरहेपनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमै यस्तो दृश्य देखिएको छ।

वेड अभाव भएपनि चिकित्सकहरुले आकस्मिक कक्ष बाहिर भूईँमै राखेर विरामीको स्वास्थ्य जाँच गरिरहेका छन्। आकस्मिक कक्ष बाहिर छरिएर बसेका विरामीहरु सबैले अक्सिजन लिइरहेका छन्।

कतिपय विरामी त छत विनाको खुल्ला स्थानमा बस्न बाध्य भएका छन्। दिउँसोको घाम र रातको सित खेपेरै भएपनि उनीहरु कोरोनाको उपचार गराउन बाध्य भएका छन्।

यसैबीच अक्सिजनको अभावलाई राहत दिनका लागि टेकु अस्पताललाई दुईवटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरिएको छ।

आइतबार सनराईज फाउन्डेशन नेपालले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई दुई वटा अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको हो।

अक्सिजनको अभावमा कोरोना संक्रमितले ज्यान गुमाउनुपर्ने अवस्था रहेकाले अक्सिजनको अभावमा कसैको पनि मृत्यु नहोस् भनेर अक्सिजन कन्सनट्रेटर उपलब्ध गराएको सनराईज फाउन्डेशन नेपालकी अध्यक्ष गंगालक्ष्मी अवालले बताए।

८०/९० हजार मूल्य बराबरको ५ लिटर र ७ लिटर क्षमताको कन्सनट्रेटर अस्पताललाई दिइएको अध्यक्ष अवालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .