ad ad

समाज


सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा वृद्धको ज्यान गयो

सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा वृद्धको ज्यान गयो

नेपालखबर
जेठ ३, २०७८ सोमबार ९:५५,

अर्घाखाँचीमा एक सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा वृद्धको ज्यान गएको छ।

मालारानी गाउँपालिका–२ अमिले स्थित छहराखोला सामुदायिक वनमा अचानक आगलागी भई आगो निभाउने क्रममा वर्ष ७८ का पुरुषको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यता, आगलागीबाट दोलखाको बैतेश्वर गाउँपालिका–४ फाप्लु गोलाइका गंगाबहादुर दाहालको घर जलेर खरानी भएको छ।

स्थानीयवासी, इलाका प्रहरी कार्यालय, जिरी र मैनापोखरी तथा लामा कन्स्ट्रक्शनको पानी ट्यांकीसमेतको प्रयासमा आगलागी नियन्त्रण भए पनि घरभित्रबाट कुनै सामग्री निकाल्न नसकिएको स्थानीयवासी सुजन दाहालले जानकारी दिए।

गएको २४ घण्टामा पर्सा, प्युठान र ओखलढुङ्गामा आगलागीका घटनाबाट क्षति पुगेको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .