कञ्चनपुरमा आज (शुक्रबार) बिहान जेसीबी र अटोओरिक्सा आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–६ बनगाँउमा उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन्।
कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार गड्डाचौकीबाट महेन्द्रनगर आउँदै गरेको म १ ह ७६३ नम्बरको अटोरिक्सा र गड्डाचौकीतर्फ जाँदै गरेको से १ क ७३३ नम्बरको जेसिबी शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत बनागाउँमा आपसमा ठोक्किएका हुन्।
दुर्घटनामा २ पुरुष र १ महिलाको मृत्यु भएको हो। उनीहरूको परिचय खुल्न बाँकी छ। घाइते ५ मध्ये एक जनाको अवस्था गम्भीर छ।
प्रतिक्रिया