मासिक रेडिओ कार्यक्रम ‘मन कि बात’मा बोल्दै मोदीले भनेका छन्,‘भारतले अब अन्य देशको दबाबमा फैसला लिँदैन बरु आफ्नै संकल्पमा अगाडि बढ्छ।’
उनी भन्छन्, ‘यो देखेर गर्व लाग्छ र हाम्रो आत्मविश्वास झनै बढ्छ जब भारत आफूविरुद्ध षड्यन्त्र गर्नेहरुलाई उचित जवाफ दिन्छ।’
मोदीले सो क्रममा भारतले राष्ट्रिय सुरक्षाको मुद्दामा सम्झौता गर्न नसक्ने बताउँदै सेनाको क्षमता बढ्दा देश सही बाटोमा रहेको आफूलाई लाग्ने उल्लेख गरे।
कोरोना संकटको विषयमा उनले भनेका छन्,‘कोरोना महामारी हाम्रो सबैभन्दा पहिलो प्राथमिकता हो। कोरोनालाई जित्न सरकारले हरसम्भव प्रयास गरिरहेको छ।’ एजेन्सी
प्रतिक्रिया