एनडीटीभीका अनुसार न्युयोर्क टाइम्स, फाइनान्सियल टाइम्स, ब्लुमबर्ग, सीएनएन, बीबीसी, ला मोेन्डे, द गार्जियन लगायत प्रमुख संचारमाध्यमको वेबसाइट बन्द भएका छन्।
अल्जाजिराले आफ्नो वेबसाइटमा पनि समस्या देखिएको जानकारी दिएको छ।
एमेजनको वेबसाइटमा पनि समस्या देखिएको छ। बीबीसीका अनुसार बीबीसीको वेबसाइट यतिबेला खुल्ने र बन्द हुने क्रम जारी छ।
बेलायत सरकारको वेबसाइट gov.uk पनि डाउन भएको समाचारहरुमा जनाइएको छ।
प्रमुख संचारमाध्यमका वेबसाइट ह्याकिङको सिकार भएको अनुमान गरिएको छ।
Number of major government and media websites currently not working, including Guardian, FT, Independent and New York Times https://t.co/bT3JHu6Kt2
— BBC Breaking News (@BBCBreaking) June 8, 2021
प्रतिक्रिया