ad ad

समाज


कोभिडका कारण रोकिएका थप मुद्दामा सुनुवाइ गर्ने सर्वोच्चको निर्णय

कोभिडका कारण रोकिएका थप मुद्दामा सुनुवाइ गर्ने सर्वोच्चको निर्णय

नेपालखबर
असार १, २०७८ मंगलबार ८:१३,

कोरोना संक्रमणको जोखिमका कारण स्थगित भएका थप केही मुद्दामा सर्वोच्चले सुनुवाइ सुरु गर्ने भएको छ।

उपत्यकामा निषेधाज्ञा सुरुभएसँगै गम्भीर संवैधानिक र अत्यावश्यक मुद्दामा मात्रै सुनुवाइ गर्दै आएको सर्वोच्चले थप विषयका मुद्दामा पनि सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो।

सोमबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठकले यससम्बन्धी निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

असार ७ गतेसम्म लागु हुने गरी भएको निर्णय अनुसार नेपाल सरकार निवेदक भएको दोहो¥याई हेरि पाउँ भन्ने निवेदनहरुको दर्ता र सुनुवाइ हुने भएको छ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३ नं बमोजिमका थुनुवाका निवेदन, पुनरावलोकनसम्बन्धी निवेदनहरु, राजश्व न्यायाधीकरणबाट फैसला भई अनुमतिका लागि परेको निवेदनहरु दर्ता र सुनुवाइ हुने भएका छन्।

नेपाल सरकारको तर्फबाट पर्न आएका विपक्षी झिकाउने आदेश नभएका पुनरावेदनहरु र निर्णय सुनाउनेमा रहेका मुद्दा तथा रिट निवेदनहरुको सुनुवाइ सुरु गर्ने सर्वोच्चले निर्णय गरेको छ।

उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधीकरणको हकमा भने यसअघिको निर्णय अनुसार नै हुने पनि पूर्ण बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .