दक्षिणकाली मन्दिरको शौचालयमा एक महिला मृत फेला परेकी छिन्।
महिलाको पहिचान भइसकेको छैन। अहिले महानगरीय प्रहरी अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंको टोली घटनास्थलमा पुगेको महाशाखा प्रमुख एसएसपी चन्द्रकुवेर खापुङले जानकारी दिए।
‘महिलाको अनुहार चोटग्रस्त छ। चिन्नै नसक्ने अवस्थामा छ’, एसएसपी खापुङले भने, ‘अहिले चिकित्सक र कुकुरसहितको टोली घटनास्थलमा आउँदै छ।’
3
Shares
प्रतिक्रिया