काठमाडौंमा २० लाख रुपैयाँ माग गर्दै नदिए छोरीको हत्या गर्ने र घर बमले उडाइदिने धम्कि दिएको पत्र आएपछि एक परिवार तनावमा परेको छ।
नागार्जुन नगरपालिका–९ आदर्श नगरटोलकी रेन्जु त्रिपाठीलाई यस्तो पत्र आएको हो। एकल महिला त्रिपाठीलाई चिठी दिनु भनि सोही घरमा भाडामा वस्ने व्यक्तिमार्फत चिठी पठाएको प्रहरीले जनाएको छ।
चिठीमा यही भदौ १७ गते १२ बजे बालाजु पुलमा पैसा लिएर आउनु , प्रहरी र आफन्तलाई जानकारी गराएमा र रकम नदिएमा छोरिलाई सिध्याई दिने र घरमा समेत वम राखी उडाई दिने धम्कि दिएको पीडितले प्रहरीलाई बताएकी थिइन्।
पत्र पठाएको आरोपमा धादिङको वेनिघाट रोराङ गाउँपालिका–५ घर भई हाल काठमाडौंको नयाँबजार धारागल्ली वस्ने २७ वर्षीय सन्तोष कँडेललाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको जनाएको छ।
3
Shares
प्रतिक्रिया