ad ad

समाज


प्रहरी सईविरुद्ध भ्रष्टाचार मुद्दा

प्रहरी सईविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
भदौ १७, २०७६ मंगलबार १३:४७,

शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रहरी नायब निरीक्षक सुरेश बहादुर थापा विरूद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थापाले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा सेवा प्रवेश र बढुवा भएको भन्दै विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको हो।

अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, वाराणसी, भारतबाट प्राप्त गरेको इन्टरमिडिएट तहको शैक्षिक योग्यताको प्रमाणपत्र झुट्टा रहेको ठहर भएको जनाएको छ।

प्रहरी सहायक निरीक्षकको पदमा बढुवा हुनु अगावै खुल्ला प्रतियोगिताको लागि लिएको परीक्षामा फर्म भर्न उक्त प्रमाणपत्र पेश गरी डोसियर बुकमा समेत उल्लेख गरेको देखिंदा निजको उक्त कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .