कैलालीको लम्की चुहा–३ चिसापानी नजिकैको ढुङ्गेबजारको पुलमा मोटरसाइकल ठोक्किँदा टीकापुर नगरपालिका–१ का २१ वर्षीय मदन शाहीको मृत्युु भएको छ। मोटरसाइकल अनियन्त्रित भएर ठोक्किँदा मोटरसाइकलमा सवारी टीकापुरकै अभिषेकचन्द्र सोडारीको टाउकोमा गम्भीर चोट लागेको छ।
शनिबार दिउँसो १ः३० बजे टीकापुरबाट चिसापानी जाँदै गरेको से७प १४९६ नंको मोटरसाइकल अनियन्त्रित भएर पुलमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते भएका सोडारीलाई थप उपचारका लागि कोहलपुर पठाइएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। रासस
प्रतिक्रिया