बागमती नदी किनारका बस्ती हटाउने काठमाडौं महानगरपालिकाको प्रयासमाथि सुकुम्बासी बस्तीका स्थानीयले अवरोध गरिरहेका छन्। सोमबार दिउँसो अवैध रुपमा निर्माण भएका संरचना हटाउन पुगेको महानगरपालिकाको टोलीमाथि बस्तीका स्थानीयहरुले आक्रोश पोखेका थिए।
सोमबार दिउँसो नगर प्रहरी र सुकुम्बासी बस्तीका स्थानीयबीच झडपसमेत भएको थियो। झडपमा केही प्रहरी घाइते भएका थिए भने स्थानीयहरूले अहिलेसम्म पनि अवरोध छाडेका छैनन्।
बस्ती हटाउन आएको टोलीमाथि सुकुम्बासीहरु घरेलु हतियार खुकुरी र ढुंगामुढासहित उत्रिएका थिए। उनीहरु हातमा खुकुरी बोकेर सडकमा निस्किँदै बस्ती हटाउन आए ‘बाँकी नराख्ने’ चेतावनी दिएका थिए।
दिनभरको तनावपछि साँझ काठमाडौं महानगरका मेयर बालेन्द्र शाह प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका थिए। मंगलबार बिहानदेखि थापाथली आसपासका सुकुम्बासीहरू पुनः प्रदर्शनमा उत्रिएका छन्।
तस्बिरहरूः
Shares
प्रतिक्रिया