ad ad

समाज


भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २० वर्षीय युवकको मृत्यु

भक्तपुरमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २० वर्षीय युवकको मृत्यु

नेपालखबर
माघ १०, २०८० बुधबार १०:२७, काठमाडौँ

भक्तपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। 

मंगलबार साँझ भक्तपुर नगरपालिका- १ चुनदेबीको आकाशे पुल नजिक सल्लाघारीबाट सूर्यविनायकतर्फ आँउदै गरेको बागमती प्रदेश ०२-०२२ प ८७३२ नम्बरको मोटरसाइकले सोही दिशातर्फ जाँदै गरेको बागमती प्र ०२-०२१ प ९०३२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका युवकको मृत्यु भएको हो। 

दुर्घटनामा मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक नगरपालिका- ६ पाण्डुबजारका २० वर्षीय ओम केसी गम्भीर घाइते भएका थिए। 

उनको उपचारको क्रममा गएराति मध्यपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए। 

युवकको शव पोष्टमाटर्मको लागि भक्तपुर अस्पताल लगिएको छ। 

प्रहरी वृत्त जगातीबाट  गएको अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले  स्कुटी चालक सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ९ घर भई हाल काठमाडौँ कपन बस्ने रोशन तामाङलाई पक्राउ गरेको छ। 

उनलाई प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाइएको पाठकले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .